थर परिवर्तन विवादमा बालेन्द्र शाहविरुद्ध गृह मन्त्रालयमा उजुरी,

थर परिवर्तन विवादमा बालेन्द्र शाहविरुद्ध गृह मन्त्रालयमा उजुरी,

लोक आवाज ,

जनकपुरधाम , ०९ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह विरुद्ध नागरिकता सम्बन्धी विवाद उठेको छ। उनको नागरिकता रद्द गरी पाँच वर्ष कैद सजायको माग गर्दै गृह मन्त्रालयमा उजुरी दर्ता गरिएको हो।

युवराज सफलले शुक्रबार दायर गरेको उजुरीमा शाहले आफूखुसी थर परिवर्तन गरेको आरोप लगाइएको छ। उजुरीमा नागरिकता खारेज गर्न, पाँच वर्ष कैद सजाय दिन तथा एक लाख रुपैयाँ जरिवाना गर्न माग गरिएको छ।

उपलब्ध विवरणअनुसार शाहले प्रारम्भिक रूपमा लिएको नागरिकतामा थर “साह” उल्लेख रहेको देखिन्छ। उनले जिल्ला प्रशासन कार्यालय महोत्तरीबाट नागरिकता प्रमाणपत्र नं. ५१९२, मिति २०६३ पुस ६ मा लिँदा थर “साह” नै लेखिएको थियो।

तर, जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट २०७९ असार १९ गते प्रथम प्रतिलिपि लिँदा उक्त थर “साह” लाई “शाह” बनाइएको देखिएको उजुरीमा उल्लेख छ। यसलाई नागरिकतामा अनधिकृत रूपमा जात/थर परिवर्तन गराएको रूपमा व्याख्या गरिएको छ।

त्यसै प्रतिलिपिमा उनका स्वर्गीय बुबा रामनारायण साहको थरसमेत “साह” को सट्टा “शाह” राखिएको देखिएको छ। यद्यपि यो परिवर्तन स्वयं शाहको पहलमा भएको हो वा प्रशासनिक त्रुटिका कारण भएको हो भन्ने विषय अझै स्पष्ट भएको छैन।

उजुरीकर्ताका अनुसार “स” र “श” को फरक उनका परिवारका अन्य सदस्य—माता, पिता तथा दाजुको नागरिकतामा समेत देखिएको बताइएको छ। यस विषयमा सम्बन्धित निकायबाट छानबिन हुने अपेक्षा गरिएको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार