धनुषा–१ मा एमाले प्रवेश लहर, किरतपुरका १०० भन्दा बढी स्थानीय पार्टीमा आबद्ध,

धनुषा–१ मा एमाले प्रवेश लहर, किरतपुरका १०० भन्दा बढी स्थानीय पार्टीमा आबद्ध,

सुनिल साह ,

जनकपुरधाम , ०३ फागुन । धनुषा निर्वाचन क्षेत्र नम्बर–१ अन्तर्गत सवैला नगरपालिका–१३ किरतपुरमा विभिन्न राजनीतिक दल परित्याग गरी करिब १०० भन्दा बढी स्थानीय बासिन्दा नेकपा (एमाले)मा प्रवेश गरेका छन्।

नवप्रवेशीहरूलाई प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रामचन्द्र मण्डलले गम्छा तथा फूलमाला लगाएर स्वागत गरेका थिए। कार्यक्रममा बोल्दै उनले जनताको विश्वास र समर्थनले आफूहरू थप उत्साहित भएको उल्लेख गर्दै विकास, सुशासन र समृद्धिका लागि एमालेको अभियानमा सहभागी हुन आग्रह गरे।

नवप्रवेशीहरूले आगामी निर्वाचनमा सूर्य चिन्हमा मतदान गरी एमालेका उम्मेदवारलाई विजयी बनाउन सक्रिय रूपमा लागिपर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनीहरूले स्थानीय विकास, रोजगारी सृजना, कृषि सुधार, शिक्षा तथा आधारभूत पूर्वाधार विस्तारका मुद्दाले आफूहरू एमालेप्रति आकर्षित भएको बताए।

कार्यक्रममा स्थानीय नेता–कार्यकर्ता तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो। सहभागीहरूले निर्वाचनलाई शान्तिपूर्ण र मर्यादित रूपमा सम्पन्न गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिएका थिए।

एमालेका स्थानीय नेतृत्वले यस किसिमको प्रवेश अभियानले संगठन अझ मजबुत हुँदै गएको दाबी गर्दै आगामी दिनमा घरदैलो तथा जनसंपर्क कार्यक्रमलाई अझ तीव्र बनाइने जनाएको छ। गाउँ–टोल स्तरमा जनसमर्थन बढ्दै गएको भन्दै उनीहरूले निर्वाचनमा उत्साहजनक परिणाम आउने विश्वास व्यक्त गरेका छन्।

यस प्रवेशलाई क्षेत्रीय राजनीतिमा महत्वपूर्ण संकेतका रूपमा हेरिएको छ, जसले चुनावी प्रतिस्पर्धालाई थप रोचक बनाउने स्थानीय विश्लेषकहरूको भनाइ छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार