लोक आवाज ,
जनकपुरधाम, १ फागुन । जनकपुरधाम स्थित मैथिली विकास कोष को मैथिली भवनमा आयोजित ‘मधेश प्रादेशिक ललितकला प्रदर्शनी २०८२’ समापन तथा प्रमाणपत्र वितरण समारोहसहित सम्पन्न भएको छ।
माघ २५ देखि २९ गतेसम्म पाँच दिन सञ्चालन भएको उक्त प्रदर्शनी नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र मैथिली विकास कोषको संयुक्त आयोजनामा भएको हो। कार्यक्रममा राजर्षि जनक विश्वविद्यालय, मधेस प्रज्ञा प्रतिष्ठान तथा जनकपुरधाम उपमहानगरपालिका ले सहकार्य गरेका थिए।
समापन समारोह विश्वविद्यालयका उपकुलपति अमर प्रसाद यादव को प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो भने उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साह विशेष अतिथिका रूपमा सहभागी रहे।
कार्यक्रममा प्रतिष्ठानको शिल्प–हस्तकला विभाग प्रमुख तथा मधेश प्रदेश समन्वय समिति संयोजक अरुणा हिङमाङको अध्यक्षता रहेको थियो। साथै मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरी, विभिन्न शैक्षिक तथा प्राज्ञिक संस्थाका प्रतिनिधि, साहित्यकार, कलाकार र पत्रकारहरूको उल्लेख्य उपस्थिति रहेको आयोजकले जनाएको छ।
प्रदर्शनीमा मधेश प्रदेशका विभिन्न जिल्लाबाट आएका कलाकारहरूले चित्रकला, मूर्तिकला, हस्तकला लगायतका सिर्जनात्मक कृतिहरू प्रस्तुत गरेका थिए। समापन समारोहमा सहभागी कलाकारहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो।
आयोजकका अनुसार यस्ता प्रदर्शनीहरूले प्रदेशको कला, संस्कृति तथा मौलिक पहिचानको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ।






प्रतिक्रिया !