धनुषा–२ मा घरदैलो अभियानमा जुटे एमाले उम्मेदवार उमाशंकर अरगरिया

धनुषा–२ मा घरदैलो अभियानमा जुटे एमाले उम्मेदवार उमाशंकर अरगरिया

लोक आवाज ,

जनकपुरधाम, ०१ फागुन  । आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार उमाशंकर अरगरिया ले धनुषा जिल्ला निर्वाचन क्षेत्र नम्बर–२ मा घरदैलो अभियानलाई तीव्रता दिएका छन्।

अरगरियाले गाउँ–गाउँ र टोल–टोल पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट तथा संवाद गरिरहेका छन्। अभियानका क्रममा उनले स्थानीयवासीका समस्या, आवश्यकता र अपेक्षा सुन्दै समाधानका लागि आफू प्रतिबद्ध रहेको बताएका छन्।

उनले जनतासँगको भेटमा विकास, पूर्वाधार, रोजगारी र सेवा–सुविधा विस्तारलाई प्राथमिकतामा राख्ने योजना सुनाउँदै यस क्षेत्रको समग्र विकासका लागि आफूले सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन्।

अरगरियाले धनुषा–२ मा एमालेको जित सुनिश्चित रहेको दाबी गर्दै जनताको उत्साह र समर्थनले आफू थप उत्साहित भएको बताए। “जनताको साथ र विश्वासले यस पटक धनुषा–२ मा सूर्य चिन्हको जित सुनिश्चित हुन्छ,” उनले भने।

“मनमा सूर्य, मतमा सूर्य” भन्ने नारासहित उनी यतिबेला जनकपुरधाम सहित विभिन्न बस्तीमा घरदैलो अभियानमा व्यस्त छन्।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार