लोक आवाज ,
जनकपुरधाम, २८ माघ । जनकपुरधाम उपमहानगरपालिका–१७ तेतरियास्थित सडक छेउमा एक युवतीको शव फेला परेको छ।
स्थानीय बासिन्दाले बुधबार बिहान सडक किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना पाएलगत्तै घटनास्थलमा पुगेको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
प्रहरीका अनुसार मृतकको पहिचान खुल्ने प्रक्रिया जारी रहेको छ भने घटनालाई शंकास्पद रूपमा हेरिएको छ।
प्रहरी नायब उपरीक्षक गणेश बहादुर बमले भने, “घटनास्थलको प्रकृति हेर्दा मृत्यु स्वाभाविक जस्तो देखिँदैन। हत्या भएको हुनसक्ने आशंकामा अनुसन्धान अगाडि बढाइएको छ। पोस्टमार्टम रिपोर्ट आएपछि मात्र यकिन विवरण सार्वजनिक गर्न सकिन्छ।”
घटनाबारे विभिन्न कोणबाट अनुसन्धान भइरहेको र संलग्न हुनसक्ने व्यक्तिहरूको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।
शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल पठाइएको छ। घटनाबारे कुनै सूचना भए नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन प्रहरीले सर्वसाधारणसँग अनुरोध गरेको छ।



प्रतिक्रिया !