लोक आवाज ,
महोत्तरी, १६ माघ — दुई दिनअघि आफ्नै घरबाट बेपत्ता भएकी महोत्तरीकी एक वृद्धा मृत अवस्थामा फेला परेकी छन्। गौशाला नगरपालिका–१ रामनगरकी ७३ वर्षीया रासो देवी यादवको शव घर नजिकैको उखु बारीमा भेटिएको हो।
परिवारका अनुसार यादव माघ १४ गते राति आफ्नै घरमा सुतिरहेकी अवस्थामा बेपत्ता भएकी थिइन्। उनका छोरा हरी यादवले आमाको खोजीका लागि प्रहरीलाई जानकारी गराएका थिए।
परिवार र स्थानीयवासीले खोजतलास गर्ने क्रममा शुक्रबार घरअगाडिकै उखु बारीमा उनको शव फेला परेको प्रहरीले जनाएको छ।
शवको अवस्था र घटनास्थलको प्रकृति हेर्दा हत्याको आशंका गरिएको भए पनि घटनाको वास्तविक कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। शव परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वरमा राखिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जानकारी दिएको छ।




प्रतिक्रिया !