झापा–५ मा रास्वपाको घरदैलो अभियान सुरु, बालेनलाई जिताउन पत्नी सविना काफ्ले मैदानमा

झापा–५ मा रास्वपाको घरदैलो अभियान सुरु, बालेनलाई जिताउन पत्नी सविना काफ्ले मैदानमा

सुनिल साह ,

जनकपुरधाम ,१२ माघ । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरूले चुनावी गतिविधि तीव्र बनाएका छन्। उम्मेदवारलाई विजयी बनाउन दलहरू घरदैलो, मतदाता भेटघाट र प्रचार–प्रसारमा व्यस्त देखिएका छन्।

यसैक्रममा प्रतिनिधिसभा निर्वाचनमा सबैभन्दा बढी चर्चामा रहेको झापा निर्वाचन क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले घरदैलो अभियान सुरु गरेको छ। उक्त क्षेत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन शाहबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।

रास्वपाले सोमबार झापा–५ अन्तर्गत दमक नगरपालिका–९ बाट औपचारिक रूपमा घरदैलो कार्यक्रमको सुरुआत गरेको हो। मतदाता भेटघाट तथा घरदैलो कार्यक्रममा पार्टीका नेता–कार्यकर्ताहरू सक्रिय रूपमा सहभागी भएका थिए।

घरदैलो कार्यक्रममा बालेन शाहकी पत्नी सविना काफ्ले पनि प्रत्यक्ष रूपमा सहभागी भएकी छन्। यसअघि काठमाडौं महानगरपालिकाको मेयर निर्वाचनका क्रममा सार्वजनिक कार्यक्रममा कमै देखिएकी काफ्ले यसपटक भने बालेनलाई जिताउन फिल्डमै खटिएकी छन्।

कार्यक्रमका क्रममा रास्वपाका नेताहरूले स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गर्दै पार्टीको नीति, कार्यक्रम र उम्मेदवारको पक्षमा मत मागेका थिए। रास्वपा चुनाव प्रचार–प्रसार सचिवालयको नेतृत्वमा सञ्चालन गरिएको पहिलो चरणको घरदैलो कार्यक्रम मंगलबार सम्पन्न हुने जनाइएको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार