मधेश प्रदेशबाट गठबन्धनका सबै उम्मेदवार विजयी, राष्ट्रिय सभामा प्रभाव बलियो

मधेश प्रदेशबाट गठबन्धनका सबै उम्मेदवार विजयी, राष्ट्रिय सभामा प्रभाव बलियो

सुनिल साह ,

जनकपुरधाम, १२  माघ । आइतबार सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनमा मधेश प्रदेशबाट गठबन्धनका सबै उम्मेदवार विजयी भएका छन्।

निर्वाचन प्रशासनले आज सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार महिलातर्फ एमालेकी रेखा झा, अल्पसंख्यकतर्फ नेपाली कांग्रेसका रञ्जित कर्ण, दलिततर्फ कांग्रेसकै धर्मेन्द्र पासवान तथा अन्य क्लष्टरतर्फ जनता समाजवादी पार्टी (जसपा) का महन्थ ठाकुर विजयी भएका हुन्।

मतपरिणाम अनुसार महिलातर्फ रेखा झाले ७,२२२ मत प्राप्त गर्दै विजयी हुँदा नेकपाकी शमी कुमारी अग्रवालले १,९४४ मत र जसपाकी चन्द्रकला देवी साहले ३२२ मत प्राप्त गरेकी छन्। यस क्लष्टरमा ३५७ मत बदर भएको छ।

अल्पसंख्यक क्लष्टरतर्फ कांग्रेसका रञ्जित कर्णले ८,०९३ मतसहित विजय हासिल गरेका छन्। उनका प्रतिस्पर्धी नेकपाका रामनन्दन प्रसादले १,३६१ मत र जसपाका शैलेश कुमार चौधरीले २७७ मत प्राप्त गरे। ११४ मत बदर भएको निर्वाचन प्रशासनले जनाएको छ।

दलित क्लष्टरतर्फ कांग्रेसका धर्मेन्द्र पासवानले ७,९०४ मतसहित विजयी भए। नेकपाका रामनन्दन प्रसादले १,३७६ मत र जसपाकी चमेली देवी दासले २०९ मत प्राप्त गरेकी छन् भने १८६ मत बदर भएको छ।

त्यस्तै, अन्य क्लष्टरतर्फ जसपाका महन्थ ठाकुरले ७,७२५ मत प्राप्त गर्दै विजय हासिल गरेका छन्। उनका प्रतिस्पर्धी नेकपाका लक्ष्मण पौडेलले १,८०५ मत प्राप्त गरेका छन् भने ३१५ मत बदर भएको छ।

निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको निर्वाचन प्रशासनले जनाएको छ। सबै क्लष्टरमा गठबन्धनका उम्मेदवार विजयी भएसँगै मधेश प्रदेशमा गठबन्धनको राजनीतिक प्रभाव थप बलियो देखिएको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार