उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपातको पूर्वानुमान

उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपातको पूर्वानुमान

लोक आवाज,
काठमाडौँ, माघ १० । हाल देशमा पश्चिमी वायूको प्रभाव रहँदा सुदूरपश्चिम प्रदेशसहित गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागमा सामान्यतया बादल लागेको छ। सुदूरपश्चिम प्रदेशका केही क्षेत्रमा मेघगर्जनसहित हल्का वर्षा भइरहेको छ भने बाँकी भू–भागको मौसम सामान्यतया सफा छ।

मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ कि आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली क्षेत्र सामान्यतया बादलले ढाकिनेछ। यसैगरी, केही उच्च स्थानहरूमा हल्का हिमपात वा वर्षाको सम्भावना रहेको छ। गण्डकी र कर्णाली प्रदेशका केही भू–भागमा पनि एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ।

महाशाखाका अनुसार आज राति पनि पहाडी र हिमाली भू–भागमा सामान्यतया बादल रहनेछ भने बाँकी भू–भागमा आंशिक बादल रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च भू–भागका एक–दुई स्थानमा हल्का हिमपात वा वर्षा पर्न सक्ने सम्भावना रहेको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार