लोक आवाज,
काठमाडौँ, माघ १०
जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय सदस्य दीपेन्द्र अग्रवाल नेकपा एमाले मा समाहित भएका छन्। शनिबार ललितपुरस्थित एमाले केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले अग्रवाललाई टीका र खादा लगाउँदै पार्टीमा स्वागत गरे। उक्त अवसरमा अग्रवालसहित विभिन्न दल परित्याग गरी आएका नेता तथा कार्यकर्ता पनि एमालेमा प्रवेश गरेका थिए।
कार्यक्रममा अध्यक्ष ओलीले नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गर्दै देश निर्माण र राजनीतिक स्थायित्वका लागि एमालेको भूमिका अझ सशक्त हुने विश्वास व्यक्त गरे। उनले विचार र उद्देश्य मिल्ने सबै शक्तिलाई एमालेले समेट्दै अघि बढ्ने बताए। एमाले प्रवेशसँगै अग्रवालको राजनीतिक यात्राले नयाँ मोड लिएको छ भने यसले मधेस केन्द्रित राजनीतिमा समेत असर पार्ने आँकलन गरिएको छ।




प्रतिक्रिया !