सुनिल साह,
जनकपुरधाम, २८ पुस । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा एमालेले मधेश प्रदेशका विभिन्न निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिस प्रक्रिया अघि बढाएको छ। केही क्षेत्रमा एकल नाम सिफारिस गरिएको छ भने केही क्षेत्रमा एकभन्दा बढी उम्मेदवारको नाम केन्द्रीय नेतृत्वसमक्ष पठाइएको छ।
एमालेका वरिष्ठ नेता रघुवीर महासेठ पनि आफ्नो निर्वाचन क्षेत्रबाट एकल रूपमा सिफारिस भएका छन्। यस्तै, महोत्तरी क्षेत्र नं. १ बाट लक्ष्मी महतो कोइरी, क्षेत्र नं. २ बाट रामपरीक्षण यादव, क्षेत्र नं. ४ बाट सरोजकुमार यादव सिफारिस भएका छन्। सर्लाही क्षेत्र नं. १ बाट मनोजकुमार देवकोटा, क्षेत्र नं. २ बाट धर्मेन्द्र राय र क्षेत्र नं. ३ बाट हरिप्रसाद उप्रेतीको नाम एकल रूपमा अघि सारिएको छ।
रौतहट क्षेत्र नं. १ बाट अजयकुमार गुप्ता र क्षेत्र नं. ३ बाट कुन्दन साहको नाम पनि एकल सिफारिसमा परेको एमाले मधेश प्रदेश कमिटीले जनाएको छ।
यसैबीच, केही निर्वाचन क्षेत्रमा एकभन्दा बढी उम्मेदवारको नाम सिफारिस गरिएको छ। सप्तरी क्षेत्र नं. २ बाट देवनाथ यादव, राजाराम यादव र प्रतिमा कुमारी देव तथा क्षेत्र नं. ४ बाट बालकृष्ण चौधरी, गङ्गा प्रसाद चौधरी र राधादेवी ठाकुर सिफारिसमा परेका छन्।
सिरहा क्षेत्र नं. १ बाट रामशंकर यादव र केदारनाथ यादव तथा क्षेत्र नं. २ बाट नवीनकुमार यादव, दिपेन्द्र महतो र निर्मला बास्तोलाको नाम सिफारिस सूचीमा समावेश छ। धनुषा क्षेत्र नं. १ बाट जुलीकुमारी महतो, सविता यादव, मधेश प्रदेश सभाका पूर्वसभामुख रामचन्द्र मण्डल, राजकिशोर यादव र रामसिंह यादवको नाम पठाइएको छ।
महोत्तरी क्षेत्र नं. ३ बाट रामआधार कापर र मनोजकुमार सिंह सिफारिस भएका छन्। सर्लाही क्षेत्र नं. २ बाट रामचरित्र सहनी, मोदन साह र आनन्दी कुमारी पोखरेलको नाम सिफारिस गरिएको छ।
रौतहट क्षेत्र नं. २ बाट शैलेन्द्र साह, अबुल कलाम आजाद, अतिउल्लाह र मनोज यादव तथा क्षेत्र नं. ४ बाट उद्धव रेग्मी, आरती भण्डारी र रामजी साह सिफारिस सूचीमा छन्।
बारा जिल्लाका विभिन्न क्षेत्रमा पनि बहुप्रतिस्पर्धी नाम सिफारिस भएका छन्। बारा क्षेत्र नं. १ बाट अच्युतप्रसाद मैनाली, पुरुषोत्तम पौडेल, धनमाया चौधरी, थानेश्वर सापकोटा, पुरन्देव चौधरी, सुदामा देवी राम र त्रिलोकी प्रसाद चौधरीको नाम पठाइएको छ। क्षेत्र नं. २ बाट बलवीरप्रसाद चौधरी, अमदेवप्रसाद यादव, मख्खन पासवान, सतपाल यादव, राजेशप्रसाद साह, कौशलकिशोर सिंह, गौरीशंकरप्रसाद यादव र सहपतिदेवी हुसादिन सिफारिस भएका छन्।
यस्तै, बारा क्षेत्र नं. ३ बाट अध्यायज नन्द पाण्डे, एम. समी उल्लाह, सीमा ठाकुर, ज्वाला कुमारी साह, गायत्री देवी, सीता सुवेदी, टिना सुवेदी, रविन्द्र दास वनिया र फुलेना राउत आहत तथा क्षेत्र नं. ४ बाट अमर यादव, कृष्णकुमार श्रेष्ठ ‘किसान’ र सीता गुरुङको नाम सिफारिस गरिएको छ।
पर्सा जिल्लातर्फ क्षेत्र नं. १ बाट प्रभु हजारा, नवराज शर्मा, इन्दु घिमिरे र सुन्दरप्रसाद कुर्मी, क्षेत्र नं. २ बाट राजकुमार गुप्ता र अरविन्द सिंह, क्षेत्र नं. ३ बाट प्रमोद जयसवाल र राजकुमार गुप्ता तथा क्षेत्र नं. ४ बाट जालिम मिया, वीरेन्द्रप्रसाद यादव र गोकली कुमारी रेग्मी सिफारिसमा परेका छन्।
एमाले मधेश प्रदेश कमिटीका महासचिव पौडेलका अनुसार जिल्ला र प्रदेश तहबाट आएका सबै नाम राय–सल्लाह र सुझावसहित पार्टीको केन्द्रीय कार्यालयमा पठाइसकिएको छ। अब केन्द्रीय नेतृत्वले अन्तिम निर्णय गर्नेछ।




प्रतिक्रिया !