रास्वपाले एकतर्फी रूपमा पार्टी एकता तोड्यो : कुलमान घिसिङ

रास्वपाले एकतर्फी रूपमा पार्टी एकता तोड्यो : कुलमान घिसिङ

लोक आवाज ,
काठमाडौँ २६ पुष – कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उज्यालो नेपाल पार्टीसँगको पार्टी एकता एकतर्फी रूपमा भंग गरेको आरोप लगाएका छन्। रास्वपा र उज्यालो नेपाल पार्टीबीच भएको एकता १२ दिनपछि नै रास्वपाले नगर्ने निर्णय गर्दै भंग गरेकोप्रति आफूलाई अत्यन्तै दुःख लागेको उनले बताए।

एकता भंग भएसँगै घिसिङ उज्यालो नेपाल पार्टीको अध्यक्ष बनेका छन्। शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले आफूहरू अत्यन्तै लचक हुँदाहुँदै पनि संघीयता, समावेशिता तथा आफ्ना केही साथीहरूलाई समायोजन गर्ने विषयमा सहमति हुन नसकेको बताए।

‘उहाँहरूले एकतर्फी रूपमा एकता तोड्नुभयो। त्यसैले हामी पनि अब आफ्नै बाटोबाट अघि बढ्ने तयारीमा लागेका हौँ,’ घिसिङले भने। उनले आगामी दिनमा देशभर आफ्ना उम्मेदवार उठाउने तयारी रहेको जानकारी पनि दिए।

पदको बार्गेनिङ गरिएको भन्ने सञ्चारमाध्यममा आएका समाचारहरू गलत भएको दाबी गर्दै घिसिङले आफू साधारण सदस्य भएर बस्नसमेत तयार रहेको बताए। ‘हाम्रा साथीहरूले कुनै ठूलो माग राखेका थिएनन्। पदको ठूलो बार्गेनिङ गरियो भन्ने कुरा निराधार हो,’ उनले भने, ‘म आफैँ उपाध्यक्ष भएर पनि वरियतामा धेरै तल रहेर सहेर गएको थिएँ। साधारण सदस्य भएर बस्न पनि तयार थिएँ, केवल हाम्रा केही केन्द्रीय सदस्यहरूलाई समायोजन गरिनुपर्छ भनेको मात्र हो। यो ठूलो विषय थिएन।’

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार