माओवादी प्रदेश सांसद रहबर अन्सारीद्वारा पार्टी परित्याग, प्रचण्डलाई ‘पूर्व अध्यक्ष’ भन्दै कडा पत्र

माओवादी प्रदेश सांसद रहबर अन्सारीद्वारा पार्टी परित्याग, प्रचण्डलाई ‘पूर्व अध्यक्ष’ भन्दै कडा पत्र

सुनिल साह ,

जनकपुरधाम, २४ पुष । माओवादी केन्द्रबाट प्रदेश सांसद निर्वाचित रहबर अन्सारीले बिहीबार पार्टी परित्याग गर्ने निर्णय सार्वजनिक गरेका छन्। सो अवसरमा उनले पार्टी अध्यक्ष प्रचण्डलाई ‘माओवादी केन्द्रका पूर्व अध्यक्ष’ भनेर सम्बोधन गर्दै कडा आलोचनासहितको पत्र लेखेका छन्।

पत्रमा अन्सारीले प्रचण्डको सर्वसत्तावादी सोच र विर्सजनवादी राजनीतिप्रति आपत्ति जनाउँदै आफ्नो असहमति स्पष्ट पारेका छन्। उनले जनयुद्धका शहीद परिवार, सत्ता र सुविधा खोज्ने अवसरवादीहरू तथा वास्तविक शहीदहरूलाई बोधार्थ उल्लेख गर्दै आफ्नो निर्णय सार्वजनिक गरेका हुन्।

अन्सारीको यो निर्णय प्रचण्डले माधव नेपालसहित पार्टीको नाम परिवर्तन गरेको केही महिनापछि आएको हो। यस घटनाले माओवादी केन्द्रभित्र देखिँदै आएको वैचारिक असन्तुष्टि र आन्तरिक विभाजनलाई थप उजागर गरेको विश्लेषण गरिएको छ।

पत्रमा अन्सारीले आफू सत्ता र सुविधामुखी राजनीतिमा सहभागी नहुने र जनयुद्धका आदर्श तथा शहीदहरूको स्मृतिलाई जिवित राख्ने मार्गमै अघि बढ्ने स्पष्ट पारेका छन्।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार