उमाशंकर अरगरिया धनुषा–२ बाट प्रतिनिधिसभाका लागि एकल उम्मेदवार सिफारिस

उमाशंकर अरगरिया धनुषा–२ बाट प्रतिनिधिसभाका लागि एकल उम्मेदवार सिफारिस

सुनिल साह,

जनकपुरधाम,१९ पुष । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेकपा एमालेले धनुषा निर्वाचन क्षेत्र नम्बर २ बाट केन्द्रीय नेता तथा पूर्वमन्त्री उमाशंकर अरगरियालाई एकल उम्मेदवारका रूपमा सिफारिस गरेको छ।

शुक्रबार बसेको एमाले क्षेत्रीय समितिको बैठकले अरगरियाको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको हो। क्षेत्रीय समितिका संयोजक जामुन रानले उम्मेदवार सिफारिससम्बन्धी निर्णय सार्वजनिक गर्दै पार्टी संगठन र कार्यकर्ताको व्यापक समर्थनका आधारमा एकल नाम अघि सारिएको जानकारी दिए।

अरगरिया यसअघि २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा धनुषा–२ बाट निर्वाचित भइसकेका छन्। यसपटक पनि गृह जिल्ला धनुषाबाटै उनको नाम एकल रूपमा सिफारिस भएपछि निर्वाचन प्रतिस्पर्धा थप रोचक हुने अपेक्षा गरिएको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार