वैकल्पिक शक्ति निर्माणका तयारीमा मेयर बालेन, दिनभर राजनीतिक भेटघाटमा व्यस्त

वैकल्पिक शक्ति निर्माणका तयारीमा मेयर बालेन, दिनभर राजनीतिक भेटघाटमा व्यस्त

लोक आवाज ,

काठमाडौँ ,१० पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह बिहीबार दिनभर ललितपुरको ज्वागलस्थित कुमार ब्यञ्जनकारको निवासमा राजनीतिक भेटघाटमा व्यस्त रहे। ज्वागलबाट बाहिरिएपछि उनले विभिन्न दलका शीर्ष नेता तथा युवाहरूसँग लगातार भेटवार्ता गरेका छन्।

मेयर शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग वान–टु–वान छलफल गर्दै वैकल्पिक राजनीतिक शक्तिहरू बीच सहकार्यका सम्भावनाबारे विचार–विमर्श गरेका छन्। त्यस्तै, प्रतिगतिशील लोकतान्त्रिक पार्टीका नेता डा. बाबुराम भट्टराई, उर्जामन्त्री कुलमान घिसिङ, कांग्रेस नेता सुनिल शर्मा, पूर्व सांसद डा. अमरेशकुमार सिंहसँगै जेन–जी युवाहरूसँग पनि उनले भेट गरेका छन्।

शाहले विशेषगरी वैकल्पिक धारका व्यक्तिहरू कसरी एकढिक्का भएर अघि बढ्न सक्छन् भन्ने विषय केन्द्रित गरी छलफल अघि सारेका छन्। बिहानैदेखि सुरु भएको भेटवार्ता बेलुका अबेरसम्म जारी रह्यो।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार