सुनिल साह ,
जनकपुरधाम , ०८ पुष । आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै जनता समाजवादी पार्टी (जसपा) नेपालले धनुषा निर्वाचन क्षेत्र नम्बर २ का लागि उम्मेदवार सिफारिस गर्ने निर्णय गरेको छ।
आसन्न प्रतिनिधिसभा निर्वाचन २०८२ को तयारीस्वरूप जसपा नेपाल धनुषा–२ को क्षेत्रीय भेला संयोजक दिपिनदेव यादवको संयोजकत्वमा बसेको बैठकले प्रत्यक्षतर्फ ६ जना र समानुपातिकतर्फ ९ जनाको नाम जिल्ला समितिमा सिफारिस गर्ने निर्णय गरेको हो।

प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस हुनेमा जसपा नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव, केन्द्रीय सदस्य अरुण सिंह मण्डल, धनुषा जिल्ला अध्यक्ष पशुपति यादव, नेता सुशील साह र कमलदेव मण्डल लगायतका नेताहरू रहेका छन्।
त्यस्तै, समानुपातिकतर्फ उम्मेदवार सिफारिस हुनेमा अब्दुल्ला शेख, जयनारायण पासवान, कृष्णकुमार भण्डारी, त्रिलोक महतो (श्रवणकुमार महतो), रामो महरा, समिमा खातुन, पुष्पा यादव, उदयचन्द्र मिश्र र सीता मण्डल रहेका छन्।
क्षेत्रीय भेलामा जसपा नेपाल धनुषा–२ का केन्द्रीय सदस्य ममता मण्डल, मधेश प्रदेश समिति सदस्य एवं पूर्व प्रदेशसभा सदस्य शैलेन्द्रकुमार यादव, जिल्ला उपाध्यक्षद्वय ललित मण्डल, शहिदनगर नगरपालिकाका मेयर दिनेशकुमार यादव, समाजवादी युवा संघ नेपालका केन्द्रीय महासचिव दिपेन्द्र कापरी, समाजवादी विद्यार्थी युनियन नेपालका केन्द्रीय महासचिव बलिराम कापरी, डोटिमका जिल्ला नेता रामशंकर पासवानसहित निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गतका वडा अध्यक्ष, निर्वाचित जनप्रतिनिधि तथा पार्टीका नेता–कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो।





प्रतिक्रिया !