लोक आवाज ,
जनकपुरधाम , ०५ पुष । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुशासनलाई प्राथमिकतामा राख्दै समयमै निर्वाचन सम्पन्न गर्न आग्रह गरेका छन्। चितवनमा आयोजित एक सभालाई सम्बोधन गर्दै उनले मुलुकको भविष्य सुरक्षित गर्न सोचविचारसहित आगामी कदम चाल्नुपर्ने आवश्यकता औँल्याए।
उनले भत्किएका संरचना पुनर्निर्माण गर्न र टुटेका सपना जोड्न आजको मुख्य चुनौती रहेको बताए। पुराना राजनीतिक दलका कारण जनताले दुःख पाएको उल्लेख गर्दै लामिछानेले नयाँ राजनीतिक शक्तिले त्यस्तो अवस्था नदोहोऱ्याउने दाबी गरे।
‘पुरानाले दुःख दिए, तर आजका नयाँहरूले दुःख दिने छैनन्। तपाईंहरूको साथ, विश्वास र मायाका साथ मुलुकलाई नयाँ दिशातर्फ लैजानेछौँ,’ उनले भने। साथै, उनले आगामी निर्वाचनलाई सबैको साझा भविष्यसँग जोडिएको महत्वपूर्ण अवसरका रूपमा चित्रण गर्दै सुशासनको डण्डा चलाउँदै समयमै चुनाव गर्न आग्रह गरे।




प्रतिक्रिया !