लोक आवाज ,
काठमाडौँ , ०३ पुष | नेकपा (एमाले) को ११औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्। एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीलाई शपथ गराएका हुन्। त्यसपछि अध्यक्ष ओलीले अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई शपथ गराए।
महाधिवेशनबाट ३०१ सदस्यीय नयाँ केन्द्रीय नेतृत्व निर्वाचित भएको छ। उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङ, विष्णु पौडेल, रामबहादुर थापा, गोकर्ण विष्ट र रघुजी पन्त विजयी भएका छन्।
महासचिवमा शंकर पोखरेल निर्वाचित भएका छन् भने उपमहासचिवमा रघुवीर महासेठ, लेखराज भट्ट र योगेश भट्टराई विजयी भएका छन्।
सचिवमा खगराज अधिकारी, पद्मा अर्याल, हिक्मत कार्की, महेश बस्नेत, छविलाल विश्वकर्मा, यामलाल कँडेल, शेरधन राई, भानुभक्त जोशी र राजन भट्टराई निर्वाचित भएका छन्।






प्रतिक्रिया !