आइसिटी ल्याब स्थापना अनियमिततामा श्री शंकर जनता माविका प्रधानाध्यापकसहित दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा

आइसिटी ल्याब स्थापना अनियमिततामा श्री शंकर जनता माविका प्रधानाध्यापकसहित दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा

सुनिल साह ,

जनकपुरधाम, ०१ पुष। धनुषाको विदेह नगरपालिका–२, दुहबीस्थित श्री शंकर जनता माध्यमिक विद्यालयमा आइसिटी ल्याब स्थापना क्रममा अनियमितता गरेको आरोपमा विद्यालयका प्रधानाध्यापक धनिकलाल ठाकुर र लेखापाल अरुणकुमार कुशियैतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा आइसिटी ल्याब स्थापना तथा आर्थिक वर्ष २०७९/०८० को राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत आइसिटी ल्याब स्थापना र डिजिटल लाइब्रेरी सुदृढीकरणका नाममा प्राप्त सरकारी रकम आपसी मिलोमतोमा हिनामिना गरिएको छ।

अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले प्रधानाध्यापक ठाकुर र लेखापाल कुशियैतसँग जनही ८ लाख ६२ हजार १५२ रुपैयाँ बिगो माग दाबी गरिएको जानकारी दिएका छन्। आयोगका अनुसार विद्यालयमा सञ्चालन भएका कार्यक्रमहरूमा कागजात मिलान नगरी तथा वास्तविक खर्चभन्दा बढी देखाएर रकम दुरुपयोग गरिएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ।

यस प्रकरणमा अदालतको फैसला बाँकी रहेको अख्तियारले जनाएको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार