एमालेको ११औँ महाधिवेशन भक्तपुरमा उद्घाटन, २ हजार ४ सयभन्दा बढी प्रतिनिधि सहभागी

एमालेको ११औँ महाधिवेशन भक्तपुरमा उद्घाटन, २ हजार ४ सयभन्दा बढी प्रतिनिधि सहभागी

 

लोक आवाज ,

काठमाडौँ, २७ मंसिर | नेकपा एमालेको ११औँ महाधिवेशन शनिबार उद्घाटन भएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले दिउँसो पौने २ बजेतिर रिमोटबाट झण्डोत्तलन गर्दै महाधिवेशनको औपचारिक उद्घाटन गरेका हुन्।

भक्तपुरको सल्लाघारीमा उद्घाटन सत्र सञ्चालन भइरहेको छ। कार्यक्रममा विभिन्न जातजाति तथा समुदायको सांस्कृतिक झाँकीसहित र्‍याली समेत आयोजना गरिएको थियो।

महाधिवेशनमा आयोजक, निर्वाचित तथा मनोनीत गरी २ हजार ४ सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहनेछ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार