लोक आवाज,
जनकपुरधाम मंसिर २१ । मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण कुमार यादवले मन्त्रिमण्डलमा नयाँ नियुक्ति गर्दै विस्तार गर्नुभएको छ। आइतबार गरिएको यस विस्तारमा नेपाली कांग्रेस, जनमत पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीका प्रतिनिधि समावेश भएका छन्।
जनमत पार्टीबाट मन्त्री बनेका महेश यादवलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ। त्यस्तै, कांग्रेसका जंगीलाल राय र एकीकृत समाजवादी पार्टीका कनिष पटेललाई बिना विभागीय मन्त्रीको रुपमा मन्त्रिमण्डलमा समावेश गरिएको छ। नवनियुक्त तीनै मन्त्रीले आइतै शपथ ग्रहण गरेका छन्। शपथ ग्रहण समारोह प्रदेश प्रमुख डा। सुरेन्द्र लाभ कर्णद्वारा सम्पन्न भएको थियो।
मन्त्रिमण्डल विस्तारसँगै मधेश प्रदेशमा राजनीतिक स्थायित्व र बहुपक्षीय सहकार्यमा नयाँ अध्याय सुरु हुने अपेक्षा गरिएको छ।




प्रतिक्रिया !