लोक आवाज,
काठमाडौँ मंसिर २१ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपीएल मा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १३० रनको लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी लिग चरणको अन्तिम खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ९ विकेटको क्षतिमा १२९ रन जोड्यो।
कर्णालीका ओपनर इमरान शेखले लगातार पहिलो खेलमै उत्कृष्ट प्रदर्शन गर्दै ३२ बलमा १ चौका र १ छक्कासहित ३३ रन प्रहार गरे। गुल्सन झाले २० बलमा १९ रन जोडे भने कप्तान सोमपाल कामीले १० बलमा १८ रन योगदान दिए। प्रियांक पाञ्चल ९१६०, विलियम बोसिस्टो ९१५० र नजिबुल्लाह जद्रान ९१३० ले पनि दोहोरो अंक छुन सफल भए।
बलिङतर्फ जनकपुरका ललित राजवंशी र आदित्य महताले २–२ विकेट हात पारे। त्यस्तै संगीथ कुरे, अनिल शाह र माज सदाकतले एक–एक विकेट लिए। अब जनकपुर बोल्ट्सले जितका लागि १३० रनको लक्ष्य पछ्याउनेछ।



प्रतिक्रिया !