मधेश प्रदेशका एजी महतो पदबाट हटाइए

मधेश प्रदेशका एजी महतो पदबाट हटाइए

लोक आवाज,
जनकपुरधाम मंसिर २१ । मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्र कुमार महतो पदमुक्त भएका छन्। नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा प्रदेश प्रमुख डा। सुरेन्द्र लाभले आइतबार महतोलाई जिम्मेवारीबाट मुक्त गरेका हुन्।

महतो ०८१ जेठ ३१ गते तत्कालीन मुख्यमन्त्री सतीशकुमार सिंहको सिफारिसमा त्यसबेलाका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीद्वारा मुख्य न्यायाधिवक्ता नियुक्त भएका थिए। नयाँ राजनीतिक समीकरण बनेसँगै प्रदेश सरकारको सिफारिस अनुसार उनको कार्यकाल समाप्त गरिएको हो।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार