सुनिल साह
जनकपुरधाम, २० मंसिर — कात्तिक २३ गते सम्पन्न निर्वाचनबाट विजयी भएका The Association of Chartered Accountants Dhanusha (ACAN Dhanusha Chapter) का नवनिर्वाचित पदाधिकारीहरूले आजदेखि औपचारिक रूपमा पदभार ग्रहण गरेका छन्। विशेष समारोहका बीच नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघका अध्यक्षले प्रमाणपत्र वितरण गर्दै नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गरिएको हो।
नवनिर्वाचित नेतृत्वमा अध्यक्ष चार्टर्ड एकाउन्टेन्ट चित्रसेन प्रसाद साह, उपाध्यक्ष सन्तोष साह, सचिव हेम शंकर साह, कोषाध्यक्ष जय प्रकाश यादव तथा सदस्यहरू रुपेश चौधरी र प्रविन गुप्ता रहेका छन्।
कार्यक्रममा बोल्दै अध्यक्ष चित्रसेन प्रसाद साहले चार्टर्ड एकाउन्टेन्ट्स समुदायको व्यावसायिक विकास, क्षमता अभिवृद्धि तथा वित्तीय क्षेत्रको पारदर्शिता र सुशासनमा योगदान पुर्याउनेगरी च्याप्टर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे।
प्रमाणपत्र वितरणपछि नवनिर्वाचित टोलीले आजदेखि औपचारिक रूपमा पदको कार्यभार ग्रहण गरेको छ।
कार्यक्रममा विभिन्न संघ–संस्था, व्यवसायिक क्षेत्रका प्रतिनिधि तथा चार्टर्ड एकाउन्टेन्ट समुदायको उपस्थिती रहेको थियो।



प्रतिक्रिया !