प्रचण्डको भनाइ: मधेसमा ‘समीकरण’ टुट्यो

प्रचण्डको भनाइ: मधेसमा ‘समीकरण’ टुट्यो

लोक आवाज,
जनकपुरधाम मंसिर २० । नेपाल कम्युनिस्ट पार्टी नेकपा का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसमा तथाकथित राजनीतिक समीकरण टुटेको बताएका छन्। जनकपुरमा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले अब अन्य प्रदेशमा पनि यस्तै परिवर्तनको सुरुवात हुने बताए।

उनका अनुसार, एमाले र कांग्रेसको गठबन्धन तोडेर मधेस प्रदेशले ठूलो राजनीतिक सन्देश दिएको छ। मधेसवादी दल र नेकपाको सहयोगमा कांग्रेसको नेतृत्वमा प्रदेश सरकार गठन भएको उनले उल्लेख गरे। प्रचण्डले हिमाल, पहाड र तराईको एकताले मात्र प्रतिक्रियावादी शक्तिलाई परास्त गर्न सकिने र यो काम कम्युनिस्ट पार्टीले मात्र गर्न सक्ने बताए। देश अहिले अप्ठ्यारो स्थितिमा रहेको भन्दै उनले अन्य कम्युनिस्ट पार्टीहरू पनि एकतामा आउनुपर्ने र एमालेमा रहेका देशभक्त शक्तिहरूलाई समाहित गर्न सकिने विश्वास व्यक्त गरे।

मधेसी जनताको मतबाट प्रधानमन्त्री बनेको स्मरण गर्दै प्रचण्डले मधेसी जनताप्रति आफ्नो विश्वास कायम रहेको बताए। साथै, मधेसलाई अन्नको भण्डार बनाएर आधुनिक कृषि क्रान्ति गर्न आवश्यक रहेकोमा जोड दिंदै उनले सिँचाइ, मल, बिउको व्यवस्थापन र कृषिसँग सम्बन्धित उद्योग स्थापना गर्ने लक्ष्य राखेको उल्लेख गरे। विदेशमा रहेका मधेसी युवाहरूलाई फर्काउने उद्देश्यले कृषि विकास र फास्ट–ट्र्याक तथा हुलाकी सडक निर्माणमा पहल भइरहेको उनले जानकारी दिएका छन्।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार