लोक आवाज,
जनकपुरधाम मंसिर २० । नेकपा एमाले का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री नियुक्ति स्वागतयोग्य रहेको बताएका छन्। शनिबार फेसबुकमार्फत स्ट्याटस लेख्दै उनले मधेसमा जनादेशअनुसारको नेतृत्व स्थापित भएको बताएका हुन्।
पोखरेलका अनुसार, “मधेस प्रदेशमा कांग्रेस र एमालेका नेता मुख्यमन्त्री हुनै सक्दैनन् भन्ने धारणा एमाले नेता सरोज यादवले जोखिम मोलेर तोडे। त्यसपछि नेपाली कांग्रेसका नेता श्रीकृष्ण यादव मधेसवादी दलको समर्थनमा मुख्यमन्त्री बन्न सफल भए।”
उनले यो परिवर्तनलाई लोकतान्त्रिक परिपक्वताको संकेत भन्दै सकारात्मक र स्वागतयोग्य बताए। “मधेसी जनताको जनादेशअनुसार नेतृत्व स्थापित हुनु लोकतन्त्रका लागि महत्वपूर्ण कदम हो,” पोखरेलले थपे। यसअघि, कांग्रेसका श्रीकृष्ण यादव शुक्रबार मधेस प्रदेशका मुख्यमन्त्री नियुक्त भएका थिए। सरकार परिवर्तनको प्रक्रियामा चलेको राजनीतिक रस्साकस्सीबीच एमालेले मुख्यमन्त्रीसहित प्रदेश प्रमुख र सभामुखको पनि भूमिका गुमाएको छ।




प्रतिक्रिया !