लोक आवाज,
काठमाडौँ मंसिर २० । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका विभिन्न पहाडी र हिमाली भू–भागमा आंशिक बदली हुने देखिएको छ। दिउँसो सुदूरपश्चिम, कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रहरूमा मौसम आंशिक बदली हुने जनाइएको छ।
महाशाखाका अनुसार कोशी, बागमती र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी अधिकांश स्थानमा मौसम सफा रहनेछ। सुदूरपश्चिम प्रदेशको पहाडी तथा हिमाली भूभागमा समेत सामान्य बदली रहनेछ, जहाँ अन्य क्षेत्रमा आंशिक बदली रहने उल्लेख गरिएको छ।आज राति भने गण्डकी प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना महाशाखाले जनाएको छ।




प्रतिक्रिया !