मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री आइतबार शपथ ग्रहण गर्दै

मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री आइतबार शपथ ग्रहण गर्दै

लोक आवाज,
जनकपुरधाम मंसिर २० । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आइतबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन्। सात दलको समर्थनमा गत शुक्रबार मुख्यमन्त्रीमा नियुक्त भएका यादवको शपथ समारोह भोलि बिहान १०स्३० बजेका लागि तय गरिएको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ।

यसअघि नेकपा एमालेका सरोज यादवले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि कांग्रेसका कृष्णप्रसाद यादव र लोसपा नेपालका जितेन्द्र सोनल दुवैले नयाँ नेतृत्वका लागि दाबी पेश गरेका थिए। लामो राजनीतिक संवाद र समायोजनपछि सात दलले यादवकै नेतृत्वमा सहमति बनाउँदै सरकार गठनको मार्ग खुलेको हो। प्रदेशमा नयाँ सत्ता समीकरण बनेसँगै आइतबारको शपथग्रहणले मधेस प्रदेशमा नयाँ राजनीतिक अध्यायको सुरुवात गर्ने अपेक्षा गरिएको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार