जनकपुरमा जुट्यो नेकपा: मधेस प्रदेश एकता सन्देश सभामा नेताहरूको जोर

जनकपुरमा जुट्यो नेकपा: मधेस प्रदेश एकता सन्देश सभामा नेताहरूको जोर

लोक आवाज,
काठमाडौँ मंसिर २० । नेपाली कम्युनिस्ट पार्टी नेकपा ले शनिबार जनकपुरमा मधेस प्रदेशस्तरीय एकता सन्देश सभा आयोजना गरेको छ। पार्टीले सातै प्रदेशमा चलाइरहेको एकता अभियानअन्तर्गत मधेस प्रदेशको कार्यक्रम जनकपुरमा भव्य रूपमा सम्पन्न भएको हो।

सभामा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित सह–संयोजक माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, राजेन्द्र श्रेष्ठलगायत शीर्ष नेताहरूको उपस्थिति रहेको थियो। नेताहरूले पार्टी एकता, राजनीतिक स्थिरता र राष्ट्रिय एजेन्डामा एकीकृत भूमिका खेल्नुपर्ने आवश्यकता औँल्याउँदै सम्बोधन गरेका छन्। कार्यक्रममा स्थानीय नागरिक, कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य भीड लागेको थियो। नेतृत्व परिवर्तनपछि मधेसमा आयोजित यो सभा नेकपाको एकता अभियानलाई थप ताजगी दिने कार्यक्रमको रूपमा हेरिएको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार