नेकपा (एमाले) धनुषाद्वारा ११औं महाधिवेशन प्रतिनिधिहरूलाई प्रमाणपत्र वितरण, पूर्वमन्त्री जुली महतोको प्रमुख आतिथ्य

नेकपा (एमाले) धनुषाद्वारा ११औं महाधिवेशन प्रतिनिधिहरूलाई प्रमाणपत्र वितरण, पूर्वमन्त्री जुली महतोको प्रमुख आतिथ्य

सुनिल साह,

 

जनकपुरधाम , १९ मंसिर ।  नेकपा (एमाले) धनुषा द्वारा आयोजित विशेष कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा हालै सम्पन्न पार्टीको ११औं महाधिवेशनका प्रतिनिधिहरूलाई बधाईसहित प्रमाणपत्र वितरण गरिएको हो।

कार्यक्रममा नेकपा (एमाले) धनुषा जिल्लाका ईन्चार्ज तथा पूर्वमन्त्री जुली महतो प्रमुख अतिथिका रूपमा उपस्थित रहँदै प्रतिनिधिहरूलाई प्रमाणपत्र हस्तान्तरण गर्दै पार्टी संगठनलाई अझ सुदृढ बनाउन सबैको सक्रिय भूमिका आवश्यक रहेको धारणा व्यक्त गरिन्।

उनले पार्टीप्रति इमानदारी, संगठन विस्तार, जनतासँग प्रत्यक्ष सम्पर्क र आगामी राजनीतिक लक्ष्यप्रति निरन्तर सक्रियता आवश्यक रहेको उल्लेख गर्दै नयाँ नेतृत्व र प्रतिनिधिहरूलाई शुभकामना दिइन्।

कार्यक्रममा पार्टीका स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागीहरूले ११औं महाधिवेशनले पार्टीलाई नयाँ दिशातर्फ उन्मुख गराउने विश्वास व्यक्त गरे।

कार्यक्रम अन्त्यमा सहभागीताका लागि प्रतिनिधिहरूलाई धन्यवाद दिँदै संगठनात्मक गतिविधि निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको थियो।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार