लोक आवाज,
जनकपुरधाम मंसिर १९ । मधेस प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त भएका छन्। प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले पाली कांग्रेसका नेता यादवलाई शुक्रबार मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन्।
यादवले ७७ सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीको दाबी पेश गरेका थिए। नवनियुक्त मुख्यमन्त्री यादवले कांग्रेस, जनता समाजवादी पार्टी ९जसपा० नेपाल, माओवादी केन्द्र, लोसपा र नेकपा एकीकृत समाजवादी पार्टीका प्रदेशसभा सदस्यहरूको समर्थन पाएर पदमा रहेका छन्। यससँगै प्रदेशको नेतृत्व नयाँ गठबन्धनको सहकार्यमा अघि बढ्ने भएको छ।




प्रतिक्रिया !