लोक आवाज,
काठमाडौँ मंसिर १९ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९ सय रुपैयाँले घटेर २ लाख ५२ हजार ४ सय रुपैयाँ कायम भएको छ।
यससँगै चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी ७० रुपैयाँले घट्दै प्रतितोला ३ हजार ५ सय ५५ रुपैयाँ मा कारोबार भइरहेको महासंघले जनाएको छ। देशभरका बहुमूल्य धातु बजारमा आजको गिरावट पछिल्लो केही दिनयता देखिएको मूल्य उतार–चढावकै निरन्तरता मानिएको छ।



प्रतिक्रिया !