मौसम सामान्य : कुनै महत्वपूर्ण प्रणाली प्रभावमा छैन

मौसम सामान्य : कुनै महत्वपूर्ण प्रणाली प्रभावमा छैन

लोक आवाज,
काठमाडौँ मंसिर १९ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन। अधिकांश स्थानमा स्थिर र सफा मौसम रहने महाशाखाले जनाएको छ।

आज बिहान गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा आंशिक बदली देखिए पनि अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहेको विभागले जानकारी दिएको छ।

दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रहने अनुमान गरिएको छ भने बाँकी भूभागमा मौसम सफैँ रहने छ। आज राति पनि कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा केही आंशिक बदली रहने तथा देशका अन्य ठाउँमा आकाश सामान्यतया सफा रहने पूर्वानुमान महाशाखाले गरेको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार