सप्तरीको कञ्चनरुपमा बस–ट्रक ठोक्किँदा एकको मृत्यु, ११ घाइते

सप्तरीको कञ्चनरुपमा बस–ट्रक ठोक्किँदा एकको मृत्यु, ११ घाइते

लोक आवाज,
सप्तरी मंसिर १९ । सप्तरीको कञ्चनरुप नगरपालिका–२ बरमझिया क्षेत्रमा पूर्व–पश्चिम लोकमार्गमा बिहीबार बस र ट्रक एक–अर्कामा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने ११ जना यात्रु घाइते भएका छन्।

जनकपुरबाट काकडभिट्टातर्फ जाँदै गरेको मधेश प्रदेश ०२–००१ ख ०२८७ नम्बरको यात्रुबाहक बस र विपरीत दिशाबाट आइरहेको ना ३ ख ४४०२ नम्बरको ट्रक आपसमा ठोक्किँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

दुर्घटनामा बसमा सवार करीब ५० वर्षका एक पुरुषको घटनास्थलमै मृत्यु भएको हो। मृतकको परिचय खुलिन बाँकी रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए। घाइते ११ जनालाई विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको छ। बसमा जम्मा ५५ जना यात्रु रहेको प्रहरीले जनाएको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार