आज सुनचाँदीको मूल्यमा गिरावट

आज सुनचाँदीको मूल्यमा गिरावट

लोक आवाज,
काठमाडौँ मंसिर १८ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन र चाँदीको मूल्यमा गिरावट आएको छ। सुनको मूल्य ८ सय रुपैयाँले घटेर प्रतितोला दुई लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै, चाँदीको मूल्य पनि ३० रुपैयाँले घटेर ३ हजार ६ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बजारमा मूल्य घट्नुको कारण आपूर्ति–मागको सन्तुलन र अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको हल्का कमी भएको विश्लेषकहरूले बताएका छन्।  यस गिरावटसँगै लगानीकर्ताहरूले सुनचाँदीमा लगानी गर्दा ध्यानपूर्वक निर्णय गर्नुपर्ने सचेतना समेत दिइएको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार