रौतहटमा जेनजी प्रदर्शन उग्र: तोडफोड र आगजनीमा संलग्न दुई पक्राउ

रौतहटमा जेनजी प्रदर्शन उग्र: तोडफोड र आगजनीमा संलग्न दुई पक्राउ

लोक आवाज,
रौतहट मंसिर १८ । रौतहटमा जेनजी आन्दोलन उग्र बन्दै गएको समयमा सरकारी सम्पत्तिमा क्षति पुर्‍याएको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। भदौ २३ र २४ गते चलेको आन्दोलनका बीच इलाका प्रहरी कार्यालय चन्द्रपुर तथा कार्यालयमा रहेका सवारी साधनमा गरिएको तोडफोड र आगजनीमा संलग्न ठहरिएका दुई जनालाई बुधबार दिउँसो पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका–४ का ३२ वर्षीय दीपक बस्नेत र वडा ८ का ४३ वर्षीय हरि नारायण चौधरी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी विष्णुप्रदीप बस्यालले जानकारी दिए। उनका अनुसार उनीहरूविरुद्ध आपराधिक उपद्रवसम्बन्धी मुद्दामा जिल्ला अदालतबाट म्याद थप गराई हिरासतमा राखिएको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार