विराटनगरमा मोटरसाइकल दुर्घटना: प्रहरी सहायक हबल्दारको मृत्यु

विराटनगरमा मोटरसाइकल दुर्घटना: प्रहरी सहायक हबल्दारको मृत्यु

लोक आवाज,
विराटनगर मंसिर १८ । विराटनगरको बरगाछीमा भएको मोटरसाइकल दुर्घटनामा एक प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ।
प्रहरीका अनुसार बुधबार राति बेलुका करिब १२:२५ बजे कोशी राजमार्गमा भइको दुर्घटनामा मोरङको बेलबारी–८ घर भइको ३० वर्षीय प्रहरी सहायक हवल्दार भीम खड्काको ज्यान गयो। कोशी प्रदेश प्रहरी कार्यालय, रानीमा कार्यरत खड्का बा.प्र. ०२–०४३ प ७७१६ नम्बरको मोटरसाइकलमा रानीबाट कञ्चनबारीतर्फ जाँदै गर्दा दुर्घटनामा परेका थिए।

गम्भीर घाइते अवस्थामै प्रहरीले उद्धार गरी उनलाई विराट नर्सिङ होम पुर्‍याए पनि बिहान करिब ४ बजे उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार