निर्वाचन आयोगद्वारा राष्ट्रियसभा निर्वाचन कार्यक्रम स्वीकृत

निर्वाचन आयोगद्वारा राष्ट्रियसभा निर्वाचन कार्यक्रम स्वीकृत

लोक आवाज,
काठमाडौँ मंसिर १७ । राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ। आयोगले तय गरेको कार्यक्रम अनुसार, मतदाता नामावलीको प्रकाशन पुस १९ गते बिहान १० बजे देखि ११ बजेसम्म हुने छ। नामावलीमा दाबी, विरोध वा उजुरीको छानबिनपछि पुस २२ गते ३ बजे देखि ४ बजेसम्म अन्तिम मतदाता नामावली प्रकाशित गरिनेछ।

उम्मेदवारको मनोनयन पत्र पुस २३ गते बिहान १० बजे देखि ३ बजेसम्म दर्ता हुनेछ भने विरोध उजुरी पुस २४ गते बिहान १० बजे देखि ४ बजे दिइने छ। उम्मेदवारको नाम फिर्ता दिने समय पुस २७ गते बिहान १० बजे देखि १ बजे रहेको छ। त्यसै दिन १ बजे देखि २ बजेसम्म अन्तिम उम्मेदवार नामावली प्रकाशित गरिनेछ। निर्वाचन चिन्ह पुस २८ गते बिहान १० बजे देखि १ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट प्रदान गरिनेछ। मतदान माघ ११ गते बिहान ९ बजे देखि ३ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा सम्पन्न हुने निर्वाचन कार्यक्रम आयोगले तय गरेको छ।

यस पटक राष्ट्रिय सभाको १९ सदस्यको कार्यकाल फागुन २० गतेसम्म सम्पन्न हुँदैछ। राष्ट्रपतिद्वारा बामदेव गौतमको पदमा मनोनयन भने गरिएको छैन। बाँकी १८ पदको लागि यस निर्वाचनमार्फत सदस्यहरू चयन हुनेछन्।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार