लोक आवाज,
काठमाडौँ मंसिर १७ । आजको अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा प्रधानमन्त्री सुशीला कार्कीले अपाङ्गता भएका व्यक्तिहरूको शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षा, सहभागिता तथा पुनःस्थापनामा सहज पहुँच सुनिश्चित गर्न सरकार सक्रिय रहेको बताउनु भएको छ।
प्रधानमन्त्री कार्कीले आफ्नो शुभकामना सन्देशमा अपाङ्गता भएका व्यक्तिहरूको स्वावलम्बी र आत्मनिर्भर जीवन सुनिश्चित गर्न सरकार विभिन्न तहमा रोजगार तथा स्वरोजगार कार्यक्रममार्फत आवश्यक प्रयास गर्दै आएको बताए। उनले तीनै तहको सरकारको संयुक्त पहलले अपेक्षित उपलब्धि हासिल गर्न सकिने विश्वास व्यक्त गर्नुभयो। सन्देशमा अपाङ्गता भएका व्यक्तिहरूको आर्थिक–सामाजिक अवस्था र अपाङ्गताको गम्भीरतालाई आधार बनाएर सेवा–सुविधामा प्राथमिकता दिइने र सबैलाई सम्मानजनक तथा समान अवसरसहित जीवनयापनको वातावरण सिर्जना गर्ने राज्यको नीति स्पष्ट पारिएको छ।
प्रधानमन्त्रीले अपाङ्गता भएका व्यक्तिहरूको सामना गर्ने भौतिक, दृष्टिकोणजन्य, सञ्चारजन्य, कानुनी तथा अन्य अवरोधहरू हटाउँदै सहज र पहुँचयुक्त वातावरणको आवश्यकता औँल्याउनु भएको छ।




प्रतिक्रिया !