लोक आवाज,
रौतहट मंसिर १७ । रौतहटमा सशस्त्र प्रहरीले ठूलो परिमाणका नक्कली नेपाली नोटसहित तीन युवकलाई पक्राउ गरेको छ। ईशनाथ नगरपालिका–४ लतमरी क्षेत्रमा भारतबाट नेपाल प्रवेश गर्ने क्रममा चेकजाँच भइरहेका बेला उनीहरू पक्राउ परेको सशस्त्र प्रहरीले जनाएको छ। सशस्त्र प्रहरी बल, नेपाल बीओपी औरैया बाट खटिएको टोलीले मंगलबार दिउँसो करीब ४ बजेतिर भारतीय नम्बर प्लेट द्यच् ण्छ ब्त् ण्ढडघ को मोटरसाइकल रोकाएर तलासी लिँदा रु १,००० दरका ११७ थान नक्कली नोट फेला परेको हो।
पक्राउ पर्नेहरूमा
-
गोनालाल राउत (२० वर्ष), देवाही गोनाही–४,
-
अजय पटेल (२० वर्ष), व्याह स्थान,
-
जय प्रकाश कुमार (२३ वर्ष), भारत बिहार, पूर्वी चम्पारण, चैनपुर–२ रहेका छन्।
नोटसहित मोटरसाइकल चालक र साथमा रहेका युवकलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी कारबाहीका लागि प्रहरी चौकी मठियामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।




प्रतिक्रिया !