लोक आवाज,
पर्सा मंसिर १७ । पर्सामा कारमार्फत गाँजा ओसारपसार गर्न खोज्दै गरेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पटेर्वा सुगौली गाउँपालिका–२ रंगपुरतर्फ लोड गरेर ल्याइँदै गरेको अवस्थामा १०४ किलो गाँजासहित उनीहरू जिल्ला प्रहरी कार्यालय पर्साको टोलीद्वारा नियन्त्रणमा लिइएका हुन्।
जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी राजु कार्कीका अनुसार बीएबी ९३९८ नम्बरको कार मनवाबाट रंगपुरतर्फ जाँदै थियो। नियमित सवारी चेकजाँचका क्रममा इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीको टोलीले कार रोकेर जाँच गर्दा ठूलो मात्रामा गाँजा प्याकिङ गरिएको अवस्थामा फेला परेको कार्कीले जानकारी दिए। कारमा सवार मकवानपुर भीफेदीका ३२ वर्षीय चालक भिम स्याङ्तान र मकवानपुर गढीका घड वर्षीय कुमार स्याङ्तानलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दुवैजनामाथि म्याद थप गरी लागुऔषध सम्बन्धी अभियोगमा थप अनुसन्धान अघि बढाइएको छ।




प्रतिक्रिया !