दरसा शिक्षा बोर्ड विधेयक रोक्न विश्व हिन्दु परिषदको दबाब

दरसा शिक्षा बोर्ड विधेयक रोक्न विश्व हिन्दु परिषदको दबाब

लोक आवाज,
जनकपुरधाम मंसिर १७ । मधेस प्रदेश सरकारले मंसिर १६ गतेको मन्त्रिपरिषद् बैठकमार्फत मदरस्सा शिक्षा बोर्ड विधेयक पुनः प्रदेश सभामा पेश गर्ने तयारी गरेको भन्दै विश्व हिन्दू परिषद्ले उक्त विधेयक तत्काल फिर्ता लिन माग गरेको छ।

परिषद्ले आयोजित पत्रकार सम्मेलनमा महासचिव जित चन्द्र सिंहले राष्ट्रिय सुरक्षामै चुनौतीपूर्ण अवस्था रहँदा यस्तो विधेयकले थप जोखिम निम्त्याउने दाबी गरे। उनका अनुसार मदरस्सा शिक्षा बोर्ड विधेयकले “विभाजनकारी शिक्षा प्रणालीको बीजारोपण” गर्ने खतरा रहेको हुँदा कुनै पुनर्मुल्यांकन नगरी प्रदेशसभामा लैजाने प्रयास चिन्ताजनक रहेको बताइएको छ। महासचिव सिंहले विधेयकले मजहबी गतिविधि विस्तार गर्ने वातावरण बनाउन सक्ने भन्दै विवादित विधेयक तुरुन्त फिर्ता लिन सरकारलाई आग्रह गरे।

उनीहरूले नेपालको बहुसंख्यक हिन्दू समुदायमाथि भइरहेका शृङ्खलाबद्ध आक्रमणहरूको गहिरो अनुसन्धान, सीमा क्षेत्रमा मजहबी गतिविधिमाथि कडाइ, मदरस्सा तथा मस्जिदहरूको नियमित अनुगमन तथा विदेशी फण्डमा संचालित इस्लामिक गतिविधिमाथि नियन्त्रण राख्नुपर्नेसमेत माग राखे। परिषद्का अनुसार मधेस प्रदेशमा दर्ता भएको उक्त विधेयक राष्ट्रिय सुरक्षासँग जोडिने संवेदनशील विषय भएकाले पूर्ण पुनरावलोकन बिना अघि बढाउन नहुने जनाइएको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार