इन्डोनेसियामा बाढी–भूस्खलन: ६०४ जनाको मृत्यु

इन्डोनेसियामा बाढी–भूस्खलन: ६०४ जनाको मृत्यु

लोक आवाज,
एजेन्सी मंसिर १६ । इन्डोनेसियाको सुमात्रा टापुका तीन प्रान्तमा आएको बाढी र भूस्खलनका कारण मृत्यु हुनेको संख्या ६०४ पुगेको छ भने ४६४ जना अझै बेपत्ता रहेका छन्। राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सीले जारी गरेको जानकारीअनुसार प्रभावित क्षेत्रका उद्धारकार्य तीव्र गतिमा जारी रहेको छ।

एजेन्सीका अनुसार उत्तरी सुमात्रा, पश्चिम सुमात्रा र आचे प्रान्तमा करिब ५ लाख ७० हजार मानिस विस्थापित भएका छन्। सडक र सञ्चार सञ्जालमा क्षति पुगेको कारण केही क्षेत्रसम्म पहुँच कठिन बनेको छ। राहत सामग्री मुख्यतः हवाई मार्ग मार्फत पु(याइरहेको छ। इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबियान्तोले सरकारको उद्धार तथा राहत प्रयासहरू पूर्ण रूपमा अघि बढिरहेको बताएका छन्। स्थानीय अधिकारीहरूले प्रभावितहरूको जीवनरक्षा र आधारभूत आवश्यकता सुनिश्चित गर्न सतत् काम गरिरहेका छन्।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार