लोक आवाज,
काठमाडौँ मंसिर १६ । रुपन्देहीको सुनौली नजिक नेपाल–भारत सीमा क्षेत्रमा भारतको नयाँ दिल्ली जाँदै गरेको यात्रुबसमा आगलागी हुँदा ३ जनाको मृत्यु भएको छ। मृतकमध्ये २ जना नेपाली रहेका छन्। बसमा रहेका ४५ जना यात्रुमा अधिकांश नेपाली रहेको जनाइएको छ।
दुर्घटनामा २४ जना घाइते भएका छन् भने घाइते मध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ। भारतीय सञ्चार माध्यमका अनुसार बस उत्तर प्रदेशस्थित बलरामपुरमा ट्रकसँग ठोक्किएर १ सय मिटर पर रहेको हाई–टेन्सन बिजुली पोलमा ठोक्किँदा पोल बसमा खसेको थियो, जसले भीषण आगलागी निम्त्याएको हो। आगलागीका कारण मृतक तीनै जनाले जलेर मृत्यु भएको छ। घटनापछि चालक र कन्डक्टरको अवस्थाबारे जानकारी प्राप्त हुन सकेको छैन। प्रहरी र उद्धार टोली घटनास्थलमा पुगेको र घाइतेहरूको उपचार भइरहेको भारतीय अधिकारीहरूले बताएका छन्।




प्रतिक्रिया !