लोक आवाज,
काठमाडौँ मंसिर १६ । आज बजारमा सुन र चाँदीको मूल्यमा मिश्रित उतार–चढाव आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेर दुई लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै चाँदीको मूल्य भने १० रुपैयाँले बढेर प्रतितोला ३ हजार ५ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ। बजार विश्लेषकहरूका अनुसार मूल्यमा आएको यस्तो उतार–चढावले लगानीकर्ता र व्यापारी दुवैको ध्यानाकर्षण गरेको छ।




प्रतिक्रिया !