लोक आवाज,
काठमाडौँ मंसिर १६ । नेपालमा हाल दक्षिण–पश्चिम बंगालको खाडी र भारतको तमिलनाडु आसपास विकसित न्यूनचापीय प्रणालीको आंशिक प्रभाव परेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार उक्त प्रणालीको असर विशेषगरी कोशी, मधेस र बागमती प्रदेशमा देखिएको छ।
महाशाखाले दिएको जानकारीअनुसार आइ बिहान कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ। भने देशका अन्य अधिकांश भूभागमा मौसम मुख्यतः सफै रहने अनुमान गरिएको छ। महाशाखाले प्रदेशगत मौसमीय परिवर्तन नियमितरूपमा निगरानी भइरहेकाले आवश्यक सतर्कता अपनाउन समेत अनुरोध गरेको छ।




प्रतिक्रिया !