लोक आवाज,
रौतहट मंसुर १६ । रौतहटको गौर–चन्द्रपुर सडकखण्डअन्तर्गत यमुनामाई गाउँपालिका–४ मा आइ बिहीबार बिहान ८:३० बजे तीन सवारी आपसमा ठोक्किँदा सात जना घाइते भएका छन्। दुर्घटनाका कारण स्थानीय विजय साहको होटल समेत क्षतिग्रस्त भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
प्रवक्ता डीएसपी विष्णु प्रदीप बस्यालका अनुसार बडहर्वातर्फबाट आउँदै गरेको एचआर–२८–डी–७२२२ नम्बरको स्कार्पियो र चपुरबाट गौरतर्फ जाँदै गरेको विआर–०७–पिए–७५८४ नम्बरको स्कार्पियो, त्यसैगरी सडकछेउमा रोकेको ना २ ह–६५२५ नम्बरको अटो एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो। घाइतेमध्ये बारा आदर्श कोतवाल–७ का ३० वर्षका पवन यादव, सर्लाही बरहथवा–१४ का ११ वर्षका अंकित महतो, गौर–२ का २४ वर्षका स्कार्पियो चालक सुरेन्द्र कुमार साह, राजदेवी–८ का ५० वर्षका शिवजी साह, यमुनामाई–५ का ३९ वर्षका मंगल पटेल र राजपुर–३ का १० वर्षका तारिक छन्।
दुर्घटना पछि प्रहरी टोली तत्काल घटनास्थल पुगेको र तीनैवटा सवारीसाधन नियन्त्रणमा लिएको बताइएको छ। घाइतेहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल गौरमा भर्ना गरिएको छ। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।




प्रतिक्रिया !