उपेन्द्र यादवको कटाक्ष: ‘कांग्रेस–कम्युनिस्ट मिलेर मुलुक बर्बाद बनायो’

उपेन्द्र यादवको कटाक्ष: ‘कांग्रेस–कम्युनिस्ट मिलेर मुलुक बर्बाद बनायो’

लोक आवाज,
काठमाडौँ मंसिर १६ । जनता समाजवादी पार्टी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस र कम्युनिस्ट शक्तिको लामो सहकार्यले मुलुकलाई कमजोर बनाएर वर्तमान अवस्थासम्म पुर्‍याएको आरोप लगाएका छन्। ललितपुरमा आयोजित समाजवादी युवा सङ्घ नेपाल केन्द्रीय समितिको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले विगत ३५ वर्षदेखि देशमा कांग्रेस–कम्युनिस्ट नेतृत्वको शासन रहे पनि शिक्षा, स्वास्थ्य र रोजगारीजस्ता महत्वपूर्ण क्षेत्रहरूमा राज्यले अपेक्षित उपलब्धि हासिल गर्न नसकेको बताए।

यादवका अनुसार दशकौँदेखि सत्ता सञ्चालन गर्दै आएका यी शक्तिहरूको कारण मुलुकमा भ्रष्टाचार, अराजकता र कमिशनतन्त्र चरम सीमासम्म बढेको छ। उनले यस्ता विसङ्गतिका विरुद्ध युवाहरू विद्रोहको मनोविज्ञानसहित उठ्नुपर्ने आवश्यकता औँल्याए।

“बहुदल व्यवस्था आएपछि करिब ३५ वर्षसम्म कांग्रेस र कम्युनिस्टले बारी–बारी वा सहकार्यसहित सत्ता चलाए। तर आज शिक्षा अस्तव्यस्त छ, स्वास्थ्य प्रणाली कमजोर छ, युवाले न राम्रो शिक्षा पाए, न रोजगारी,” यादवले भने।

उनले वर्तमान राजनीतिक अवस्था अत्यन्तै सङ्कटपूर्ण रहेको उल्लेख गर्दै मुलुकलाई सही दिशामा लैजान वैकल्पिक राजनीतिक मार्ग अपरिहार्य भएको टिप्पणी गरे।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार