लोक आवाज,
जनकपुरधाम मंसिर १६ । महोत्तरी क्षेत्र नम्बर १ मा नेकपा एमालेको ११ौँ महाधिवेशनका लागि प्रतिनिधि चयन गर्न आयोजित मतदानमा मधेस प्रदेशसभा सदस्य शारदा थापा पराजित भएकी छन्।
१० जना महाधिवेशन प्रतिनिधि छनोटका लागि मंगलबार भएको मतदानमा थापा ३ मतको न्यून अन्तरले हार्न बाध्य भएकी हुन्।
मतदानको नतिजाअनुसार संस्थापन पक्षबाट ९ जनाले विजय हासिल गरेका छन् भने प्रदेशसभा सदस्य थापा इतर पक्षबाट उम्मेदवार रहेकी थिइन्। स्थानीय नेताकर्मीद्वारा अपेक्षा गरिएको समर्थन नपाएपछि थापा संस्थापन पक्षका उम्मेदवारसँग पराजित भएको बताइन्छ।




प्रतिक्रिया !