लोक आवाज,
काठमाडौँ मंसिर १५ । आज सुन–चाँदीको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य १४०० रुपैयाँले बढेर प्रतितोला २ लाख ५३ हजार ६०० रुपैयाँमा पुगेको छ।
त्यस्तै, चाँदीको मूल्य पनि ४५ रुपैयाँले वृद्धि भई ३ हजार ५३५ रुपैयाँ प्रतितोला कारोबार भइरहेको छ। महासंघका अनुसार बजारमा सुन–चाँदीको कारोबार वृद्धि भई लगानीकर्ताको चासो बढेको छ।




प्रतिक्रिया !